नियम ४९
मेलमिलाप सम्बन्धी कार्य गर्न सक्ने अवधि
(१) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले नियम ४८ बमोजिम स्वीकृति पाएको मितिले तीन वर्षसम्म मेलमिलाप सम्बन्धी कार्य गर्न पाउनेछ ।
(२) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले उपनियम (१) मा लेखिएको भन्दा बढी अवधिसम्म मेलमिलाप सम्बन्धी कार्य गर्न चाहेमा सो अवधि समाप्त हुनु भन्दा कम्तीमा एक महिना अगावै देहायका विवरण खुलाई परिषद् समक्ष निवेदन दिनु पर्नेछः–
(क) आफ्नो संस्थाबाट मेलमिलाप गराएको मुद्दा वा विवादको विवरण,
(ख) आफ्नो संस्थाबाट मेलमिलाप गराउन नसकिएको मुद्दा वा विवादको विवरण,
(ग) मुद्दा वा विवाद मेलमिलाप गराए वापत प्राप्त दस्तुरको विवरण,
(घ) संस्था दर्ताको नवीकरण सम्बन्धी विवरण,
(ङ) आफ्नो संस्थामा सूचीकृत मेलमिलापकर्ताको विवरण ।
(३) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई मेलमिलाप सम्बन्धी कार्य गर्ने अवधि थप गरिदिन मनासिव देखिएमा परिषद्ले पाँचसय रुपैयाँ दस्तुर लिई तीन वर्षको अवधि थप गरिदिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम म्याद थप भएको मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले पुन म्याद थप गर्न चाहेमा यस नियमको प्रक्रिया पूरा गरी प्रत्येक तीन वर्षमा म्याद थप सम्बन्धी कारवाही चलाउन सक्नेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था प्रचलित कानून बमोजिम नवीकरण हुन नसकेमा त्यसरी नवीकरण हुन नसकेको मितिदेखि नै त्यस्तो संस्थाले मेलमिलाप सम्बन्धी कार्य गर्न पाउने छैन ।